आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

शनिबार, ०५ पुस २०७६, २२ : २४
शनिबार, ०५ पुस २०७६

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप