सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज वर्षकै छोटो दिन

आइतबार, ०६ पुस २०७६, ०९ : ३९
आइतबार, ०६ पुस २०७६

हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ तर पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ । केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ ।  

वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै, यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।

विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।

सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ । सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिने बताइन्छ । यो एक खगोलीय घटना हो  । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ । आयरल्याण्डमा मानिसहरु पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुने गर्छन्  । साथै, चीनमा यसलाई डोंग्जी फेस्टिबलको रुपमा मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप