आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप सम्मिलित मेलबर्नको दोस्रो जित

आइतबार, ०६ पुस २०७६, १३ : १६
आइतबार, ०६ पुस २०७६

एजेन्सी । अस्ट्रेलियामा जारी बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामाछिाने सम्मिलित टोली मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिक्यान्सलाई ५२ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको विजय लक्ष्य पछ्याएको होबर्ट हुरिक्यान्सले १६ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रन बनायो ।

होबर्टका लागि क्लिभ रोजले सर्वाधिक ३२ रन बनाए । कालेप जेवेलले २५ रन बनाए । होबर्टलाई सस्तैमा समेट्न मेलबर्नका हरिस राउफले सर्वाधिक पाँच विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए । तीन ओभर बलिङ गर्ने अवसर पाएका सन्दीपले १८ रन दिएका थिए । कप्तान ग्लेन म्याक्सवेल र एडम जाम्पाले दुई दुई विकेट लिए ।

यसअघि मेलबर्नका लागि मार्कोस स्टोनिसले ८१ रन बनाए । निक म्याडिसनले ४० र बेन डन्कले १९ रन बनाए । हुरिक्यान्सका रीले मेरेडिथले तीन विकेट लिए । जितसँगै मेलबर्नले चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप