आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्वतमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्युु, २ घाइते

आइतबार, ०६ पुस २०७६, १६ : ३६
आइतबार, ०६ पुस २०७६

पोखरा । पर्वतमा ट्याक्टरको ब्रेक फेल हुँदा २ जनाको मृत्यु भएको छ । बिजुलीको पोल बोकेर ठाना जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा पल्टिएको थियो । ट्याक्टरमा सवार ५ मध्ये पर्वत जिल्ला मोदी गाउँपालिका २ गौंडा निवासी १८ वर्षीय सहचालक दीपेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका चालक बागलुङका ३७ वर्षिय प्रकाश नेपालीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै ट्याक्टरमै सवार बागलुङका २९ वर्षिय कामदार तेजेन्द्र थापाको अवस्था मध्यम रहेको र अन्य २ जना भने सकुशल अवस्थामै रहेको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका २ पाटीचौरबाट बिजुलीको पोल लिएर गिज्याङ जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा ब्रेक फेल भएर पल्टिएको हो । ब्रेक फेल भएर ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटना हुने ट्याक्टर ना ७ त ३६६८ नम्बरको रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप