मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गाउँपालिका प्रमुख पक्राउ

आइतबार, ०६ पुस २०७६, २१ : ३३
आइतबार, ०६ पुस २०७६

बारा । बाराको एक गाउँपालिका प्रमुख सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।

 फरार रहेका राउतलाई आज जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिए ।

जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपश्चात केही समय उनी फरार रहेका थिए । त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक  खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप