सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुन चाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सोमबार, ०७ पुस २०७६, ११ : ५१
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । 

आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ३०० ले बढेको हो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलामा  ८५५ मा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप