आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनः आफ्नो भूमिका पर्ने लाइन आआफै बनाउने सहमति

मङ्गलबार, ०८ पुस २०७६, ०७ : ०१
मङ्गलबार, ०८ पुस २०७६

नेपाल र चीन पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा दुवै मुलुकबीच आफ्नो भूमिमा पर्ने खण्ड आआफै बनाउने सहमति भएको छ ।

नेपाल–चीन ग्रीड (प्रसारण लाइन) कनेक्टिभिटी परियोजनाको शुक्रबार सम्पन्न दुवै देशको प्राविधिक समिति (जेटीजी) को बैठकले उक्त सहमति गरेको हो ।

योसँगै रसुवागढी नाकाबाट जोड्ने १४९ किमी लामो रातमाटे–जिलोङ नेपाल तर्फबाट खण्ड ४०० केभी प्रसारण लाइनको निर्माणमा चीनको सहयोगको अपेक्षा टुंगिएको छ ।

अब नेपालले रसुवागढीदेखि नुवाकोटको रातमाटेसम्म ७० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । यो समाचार आजको आर्थिक दैनिकमा दुर्गा लामिछानेले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप