विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?
मङ्गलबार, ०८ पुस २०७६, ०७ : ३९
नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ८) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः