अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड
बुधबार, ०९ पुस २०७६, १२ : ०१
बुटवल । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ ।
घमिरमा रहेको वडा कार्यालय तोडफोड भएको त्यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
वडा कार्यालय तोडफोड भएको खबर पाउन साथ त्यहाँ प्रहरीको टोलीलाई बुझ्न पठाइएको र के कति क्षति भएको छ को कसले तोडफोड गरे भन्ने कुरा अनुसन्धान पछि मात्र खुल्ने भण्डारीले बताए ।