होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’
बुधबार, ०९ पुस २०७६, १४ : १६
काठमाडौंमा क्रिसमसको फिभर सुरु भइरहेका बेला राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याइसकेको छ ।
आइतबार आयोजित एक कार्यक्रममा हायातको लबीमा निकै आकर्षक क्रिसमस रुख र जिन्जरब्रेड हाउस बनाएर राखिएको थियो ।
उक्त रुखलाई विभिन्न बत्तीले सजाइएको थियो भने रुखमुनी उपहारका विभिन्न बाकसहरु राखिएका थिए । रुखसँगै एउटा साइकल पनि सज्जाको रुपमा प्रयोग गरिएको थियो ।
हायातले पछिल्लो चार वर्षदेखि क्रिसमसलाई लक्षित गर्दै क्रिसमस ट्री बनाएर लबीमा राख्ने गरेको छ । यसले आगन्तुकलाई आकर्षित गर्ने होटलको विश्वास रहेको छ ।