सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक छ: प्रधानमन्त्री ओली

बुधबार, ०९ पुस २०७६, १५ : २९
बुधबार, ०९ पुस २०७६

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा सहभागी भएका उनले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताए ।

ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र काठमाडौँ विश्वविद्यालयका उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्राडा रामकण्ठ माकजु श्रेष्ठबीच बुधबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । ‘राजनीतिक सङ्क्रमणकाल पार गरेपछि हामी विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । सामाजिक न्यायसहितको समानता, विकास र सुशासन हाम्रो सङ्कल्प हो’, उनले भने,‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न तपाईंहरुले सक्षम जनशक्ति तयार गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले शिक्षालाई समुदायमा पु¥याउन र सक्षम जनशक्ति तयार गर्न सहायता परियोजना थालनीले सहयोग पुग्ने बताए । सम्झौतामा शिक्षालाई समुदायमा पु¥याउन विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमेतको सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप