विवाह गरेको सात महिनामा बिनिता बराललाई पुत्री लाभ, नाम राखिन् काया
बिहीबार, १० पुस २०७६, ०८ : ४६
अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् ।
बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।
उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’
याे पनि
यससँगै उनले तीनवटा फोटो पनि सेयर गरेकी छिन् ।
बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।
विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।