सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वयम्भूमा टिपरको ठक्करबाट प्रहरी हवल्दारसहित दुई जना घाइते

बिहीबार, १० पुस २०७६, १२ : ३२
बिहीबार, १० पुस २०७६

काठमाडौँ । काठमाडौंको स्वयम्भूस्थित अन्नपूर्ण चोकमा बुधबार राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

राति साढे १२ बजे बा५ख २४८१ नम्बरको टिपरले बा५६प १९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते भएका मोटरसाइकल चालक सीतापाईला बस्ने सिन्धुलीको खाङसाङ–६ का २२ वर्षीय प्रेजन मगर र मोटरसाइकलमा पछाडि सवार महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी हवल्दार सानोभाई नेपालीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप