मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्रका इन्स्पेक्टर  र हवल्दार घुससहित पक्राउ

बिहीबार, १० पुस २०७६, १५ : ४९
बिहीबार, १० पुस २०७६

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ गरेको छ । 

रुपन्देहीको  गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र  प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र  प्रसाद चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अदुआ बुटवलका प्रवक्ता सुरेश भुषालले रातोपाटीलाई बताए ।

उनीहरु दुवैलाई अख्यिारको बुटवल कार्यालयमा ल्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप