मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छली ल्याएका ५५ लाख मूल्य बराबरका विद्युतीय सामग्री बरामद

बिहीबार, १० पुस २०७६, १६ : १९
बिहीबार, १० पुस २०७६

काठमाडौँ ।  प्रहरीले  भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतीय समानसहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षिय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । 

टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर  खानतलासी गर्दा २ वटा कोठाबाट  प्रहरीले नगद १५ लाख ७७ हजार र  ५ लाख ७३ हजारको चेक बरामद गरेको जनाएको छ ।

 यसै गरी  आईप्याड २३ थान, आईफोन १८ थान, एप्पल वाच ९ थान, वायरलेस एयरफोन  ६ थान, एप्पल पेन्सिल १ थान, म्याजिक माउस १ थान, सामसुङ मोबाइल १५ थान, क्यामरा लेन्स एक थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप