मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ९ जना पक्राउ

बिहीबार, १० पुस २०७६, १८ : १७
बिहीबार, १० पुस २०७६

काठमाडौं । मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर तामाङ, रक भन्ने बिक्रम भुजेल, राजु पौडेल, सबिन तामङ, आलु भन्ने समिर तामाङ रहेका छन् । 

उपत्यकाका विभिन्न ठाँउहरु कीर्तिपुर, बलम्बु, सतुङगल, कालिमाटी, फर्पिङ, बाफल लगायतका ईलाकाबाट सवारी चोरी गरी उपत्यका बाहिरका जिल्लाहरु धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटका जिल्लाहरुमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा मोटरसाइकल चोरी नियन्त्रणको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले सुरुमा मदन कुमार मोक्तान सहित ३ जनालाई पक्राउ गरी उनीहरुबाट बा.९४ प ११४२ नम्बरको मोटरसाइकल बरामद गरेको थियो । थप अनुसन्धानको क्रममा थप अन्य व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट बा.९४ प ३६४५, बा.७५ प १७९४, बा.६७ प ६३६१, ज.७ प १५०६, बा.८४ प १०३३, बा.९३ प ३८४३, बा.८० प ११३८ र बा.५९ प २० ५६ नम्बर लगायतका ४० वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप