मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा पक्राउ

बिहीबार, १० पुस २०७६, २१ : ३४
बिहीबार, १० पुस २०७६

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र प्रहरी सहायक निरीक्षकलाई  पक्राउ गरेको छ । 

घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै सशस्त्र प्रहरी बलका दुई सदस्यले रु छ हजार घुस लिएको आरोप लागेको छ ।
 
आयोगको बुटवलबाट गएको टोलीले प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी र सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई घुससहित गैडहवा–३ सग्रहवाबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले बुधबार महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार उनीहरुलाई बुधबार नै पक्राउ गरिएको भए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप