सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केन र अलीको गोलमा टोट्टनहाम विजयी

बिहीबार, १० पुस २०७६, २२ : २५
बिहीबार, १० पुस २०७६

एजेन्सी । हरी केन र डेल अलीले गोल गरेपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी भएको छ । बिहिबार भएको खेलमा टोट्टनहामले ब्राइटनलाई २–१ गोलले हरायो । टोट्टनहामले पुनरागमन जित निकालेको हो । खेलमा पहिलो गोल ब्राइटनले गरेको थियो । ३७औं मिनेटमा आडाम वेस्टरले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए ।

त्यसपछि टोट्टनहामले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ५३ औं मिनेटमा हेरी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औं मिनेटमा डेल अलीले गोल गर्दै घरेलु मैदानमा टोट्टनहामलाई रोचक जित दिलाए । जितसँगै १९ खेलबाट २९ अंक बनाएको टोट्टनहाम पाँचौ स्थानमा उक्लिएको छ । २० अंक बनाएको ब्राइटन १५औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप