आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीन विकसित मुलुक हो कि विकासोन्मुख ?

बिहीबार, १० पुस २०७६, २२ : ५०
बिहीबार, १० पुस २०७६

बेइजिङ । चीन विकासोन्मुख मुलुक हो वा विकसित मुलुक भन्ने बिषयमा केही दिन पहिले ब्रसेल्समा  सम्पन्न यूरोपेली संघीय थिङ्क ट्याङ्क तथा मिडिया फोरममा चर्को बहस भएको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् । सम्मेलनका क्रममा परराष्ट्रमन्त्री वाङलाई चीन विकासोन्मुख मुलुक हो वा विकसित मुलुक भनी सञ्चारकर्मीले प्रश्न गरेका र यसको निर्धारण प्रणालीले गर्ने आफूले बताउनुभएको अधिकारीहरूले बताएका छन् ।

केही वर्षदेखि पश्चिमा मुलुकका राजनीतिज्ञहरूले विभिन्न तवरबाट चीनलाई आफ्नो विश्वासमा लिने पहल रहेको चीनको बुझाई रहेको छ । केही वर्षयता चीनले तीव्र गतिले विकास गरे तापनि चीन अझै एक ‘विकासोन्मुख मुलुक’ भएको चीनको धारणा रहेको परराष्ट्रमन्त्री वाङले बताएका छन् । 

उनले भने, ‘विकासोन्मुख मुलुक वा विकसित मुलुकको मापन गर्ने आधार भनेको विविध अन्तर्राष्ट्रिय संस्थाबाट प्रकाशित सूचकाङ्कहरू हुन् ।’

विश्व बैंकबाट सार्वजनिक तथ्याङ्कका अनुसार, सन् २०१८ मा चीनको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन मात्रा करिब ९ हजार ७ सय अमेरिकी डलर पुगेको छ । यो रकम अमेरिकाको ६ भागको १ भाग र यूरोपेली संघको ४ भागको १ भाग मात्रै भएर विश्वको सरदर स्तरभन्दा ज्यादै कम छ ।

चीनले विकसित मुलुकको हैसियत बोक्न नसकेपनि विश्वका लागि योगदान दिने इच्छा भने राख्ने गरेको छ । व्यावहारिक गतिविधिबाट विश्वको अर्थतन्त्रमा ‘होस्टेमा हैँसे हुने’ चीनको बुझाई रहेको वाङले बताए । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप