आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘भारतले पाकिस्तानमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ’

बिहीबार, १० पुस २०७६, २३ : ३६
बिहीबार, १० पुस २०७६

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तान प्रशासित कश्मीरमाथि हमला गरे त्यसको सामना गर्न आफ्नो सेना तयार रहेको चेतावनी दिएका छन् ।  बिहीबार आफ्नो सेना प्रमुख जनरल कमर जावेद बाजवाले आफुलाई त्यस्तो आश्वासन दिएको दाब्री गर्दै यदि भारतले त्यो खालको दुस्साहस गरे पाकिस्तानी सेना पनि त्यसको सामना गर्न तयारी अवस्थामा रहेको बताएका हुन् ।

जम्मू कश्मीरमा विशेषाधिकार हटाएर केन्द्र सरकारले शासन गर्ने भारतको निर्णयपछि पाकिस्तानले त्यहाँ (पाकिस्तान प्रशासित काश्मिरमा समेत)  जतिबेला पनि आक्रमण गर्नसक्ने आशंका गर्दै आएको छ ।  प्रधानमन्त्री इमरानले पञ्जाब प्रान्तको पिण्ड दादन खानमा आफ्नो पार्टी तहरिक ए इन्साफले आयोजना गरेको एक प्रदर्शनमा सम्बोधन गर्दै भारतको आन्तरिक मामिलाको बारेमा समेत खुलस्त कुरा गरेका थिए । 

उनले सम्बोधनका क्रममा कुनै पनि अवस्थामा भारत अब चुप लागेर नबस्ने र उसले पाकिस्तानमाथि आक्रमण गर्ने आशंका व्यक्त गरे । भारतको नागरिकता संशोधन ऐनको सन्दर्भमा समेत सेना प्रमुखसँग छलफल भएको र उनलाई सल्लाह दिएको प्रधानमन्त्री खानले बताए ।

उनले सेना प्रमुखलाई भनेका थिए, ‘म तिमीलाई भन्दैछु, उनी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) ले पीओके (काश्मिर) मा केही गर्ने तयारी गरिरहेका छन्।’ ‘मैले यही कुरा जनरल बाजवालाई भनेंको छु ’ प्रधानमन्त्री खानले भने ।  पाकिस्तानी सेना भारतका लागि लड्न तयार रहेको समेत उनले चेतावनी दिए ।

उनले एकपटक फेरि भारतीय प्रधानमन्त्री मोदीको विरुद्ध उत्तेजक भाषण दिँदै उनलाई हिटलरसँग तुलना गरे । उनले भने, ‘तपाईले मेरो भविष्यवाणी सुन्नुहोस्, भारतका सबै जनता मोदीको बिरूद्ध खडा हुनेछन्। मुस्लिम मात्र होइन हिन्दू, सिख, क्रिश्चियन पनि उनको विरुद्ध खडा हुनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप