सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शुक्रबार, ११ पुस २०७६, ०६ : २१
शुक्रबार, ११ पुस २०७६

वि.सं.२०७६ साल पौष ११ गते । शुक्रबार । ईश्वी सन् २०१९ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि प्रतिपदा,०८ घडी ५२ पला,बिहान १० बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र पूर्वाषाढा,२७ घडी २९ पला,बेलुकी ०५ बजेर ५४ मिनेट उप्रान्त उत्तरषाढा । योग ध्रुव,३७ घडी ४० पला,बेलुकी ०९ बजेर ५८ मिनेट उप्रान्त व्याघात । करण बव,बिहान १० बजेर २७ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि धनु ,रातको १२ बजेर ०८ मिनेट उप्रान्त मकर । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २५ घडी ५० पला । तोलल्होसार।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीतिनिर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथीहरुबाट आलोचना खप्नु पर्नेछ  ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मायाप्रेम तथा पति पत्नीबिच केहि विषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।
 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलाशी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउबाट प्रेम प्रस्ताब आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानीकम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।
 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला बिवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउन सकिने हुदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन्  । सुन्दर तथा विलासी  वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।
 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानी गर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आउने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरि मनग्गे नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

ReplyForward

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप