मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित दुई जना पक्राउ

शुक्रबार, ११ पुस २०७६, २० : १५
शुक्रबार, ११ पुस २०७६

सिरहा । सिरहा प्रहरीले सिरहा नगरपालिका १७ पटेर्वाबाट दुई जनालाई ७ सय ६५ पिस लागूऔषधको ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– ४ रमौलका २० वर्षीय मोहम्मद रहिम र नरहा गाउँपालिका– ४ का २७ वर्षीय एमामुदिन राइन रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

पक्राउ परेका एमामुदिनको साथबाट ७ सय २० पिस लागुऔषध नाइट्रोभेट ट्याब्लेट र रहिमको साथबाट ४५ पिस नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै जना स ५ प ५०७५ नम्बरको मोटरसाइलमा भारतीय बजार जयनगरबाट लागूऔषध खरिद गरि नेपालतर्फ आउँदै गर्दा प्रहरीले चेकजाँचको सिरहा नगरपालिका १७ पटेर्वाबाट पक्राउ गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप