सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारबारे विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाएः प्रधानमन्त्री

शनिबार, १२ पुस २०७६, १५ : ०८
शनिबार, १२ पुस २०७६

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेससहित विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको बताएका छन् ।

‘विभिन्न समाजिक सन्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको छ । सरकारका हरेक काममा हमला गर्ने काम भएको छ’ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अनैतिक ढंगबाट विरोध गर्ने काम भएको छ ।’

चुनावमा नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताए । 

‘विगतका सरकारले विभिन्न निर्णय गरेको छ, तर दोष यही सरकारलाइ लगाएको छ’, ओलीले काँग्रेसलाई व्यङ्ग्य गर्दै अगाडि भने, ‘पानीमा जहाज चल्छ भने विपक्षीलाई थाह छैन सायद । कागजको डुंगा बनाएर बनाएर बाल्टीमा चलाएर मजाक उडाइयो । तर अहिले युवाहरू पानीमा जहाज चलाएका छन् ।’

उनले नेपालमा कोही पनि भोकै नमर्ने उल्लेख गर्दै सरकारले जनहित अनुरुप काम गरिरहने बताए । 

विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि गोबयल्स शैलीमा विरोध भइरहेको आरोप लगाए । 

ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दावी गर्दै त्यसलाई विरोधी शक्तिहरुले स्विकार गर्न नचाहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप