न्यूयोर्कस्थित धर्मगुरुको घरभित्र अन्धाधुन्ध छुरी प्रहार, थुप्रै घाइते
आइतबार, १३ पुस २०७६, १० : ५८
न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ ।
न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ ।
काउन्सिलका अनुसार कम्तीमा पाँचजनालाई अस्पताल पुर्याइएको छ ।
उक्त हमलाको कारण खुल्न सकेको छैन ।
काउन्सिलले ट्वीट गर्दै घाइतेमध्ये एकलाई कम्तीमा ६ पटक हमला गरिएको बताइएको छ ।