सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ को मृत्यु

आइतबार, १३ पुस २०७६, १३ : ०३
आइतबार, १३ पुस २०७६

काठमाडौं ।     काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

यसैगरी सप्तरीको कंचनरुप नगरपालिका-४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को.२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका-३ ड्याम साईडस्थित सडकमा लु.२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी झापाको दमक नगरपालिका-५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप