डोरीले घाँटी कसी श्रीमतीको हत्या गरेको आरोप, कपनबाट श्रीमान पक्राउ
आइतबार, १३ पुस २०७६, १७ : ११
काठमाडौं । आफ्नै श्रीमती २५ वर्षीया उषा पनेरु नेपालको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उषालाई डोरीले घाँटी कसी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।