आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको सक्रियता आवश्यक’

आइतबार, १३ पुस २०७६, १७ : ५५
आइतबार, १३ पुस २०७६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपाल चेम्बर अफ कमर्सको काठमाडौंको कान्तिपथस्थित भवनमा पर्यटन वर्षको लोगोसहितको बोर्ड राख्ने कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै पर्यटन सचिव अधिकारीले निजी क्षेत्रबिना पर्यटन प्रवर्द्धन सम्भव नभएको बताएका हुन् । 
उनले पर्यटन व्यवसाय भएको र यसको फाइदा निजी क्षेत्रलाई प्रत्यक्ष हुने भएकाले निजी क्षेत्रको सहभागिता बिना पर्यटन वर्षको लक्ष्य हासिल गर्न सम्भव नरहेको बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्र पूर्ण रुपमा व्यवसाय भएकाले भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताए । त्यसैलाई ध्यान दिई नेपाल चेम्बर अफ कमर्सले प्रवर्द्धनात्मक सन्देश र भ्रमण वर्ष २०२०को लोगो सहितको होर्डिङ बोर्ड राखेको बताए । 

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यपछि मात्र भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने बताए । 

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा भ्रमण वर्षको लोगो र सन्देस सहितको आकृतीको होडिङ बोर्ड राखेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप