मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवन गरी एम्बुलेन्सलाई ठक्कर दिने ट्रक चालक पक्राउ

आइतबार, १३ पुस २०७६, १८ : ४३
आइतबार, १३ पुस २०७६

काठमाडौँ । मादक पदार्थ सेवन गरी ट्रक चलाएर एम्बुलेन्सलाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
पुस १२ गते साँझ धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित कमेरेडाँडामा ना ६ ख ५८७७ नम्बरको ट्रकले बा१४च ७७११ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । 

दुर्घटनापछि ट्रक चालक मकवानपुरको थाहा नगरपालिका ४ का ५१ वर्षीय प्रेम लामाले एम्बुलेन्स चालकलाई अभद्र व्यवहार समेत गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय धादिङबाट १० म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप