मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लन्डन डर्बीमा चेल्सी अब्बल

आइतबार, १३ पुस २०७६, २२ : २०
आइतबार, १३ पुस २०७६

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र आर्सनलबीचको लन्डन डर्बी भिडन्तमा चेल्सीले बाजी मारेको छ । आइतबार बेलुका भएको खेलमा चेल्सीले आर्सनललाई २–१ गोलले हरायो । घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता लिएर पनि हार खेपेको थियो । चेल्सीको जितमा जर्जिन्हो र टमी अब्राहमले खेलको अन्तिममा गोल गरेका थिए । जर्जिनोले ८३औं र टमीले ८७ औं मिनेटमा गोलगर्दै चेल्सीको जित पक्का बनाए । 
आर्सनलले खेलको १३ औं मिनेटमा पिर्रे इमरिक ओउबामियाङको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफको अन्तिममा उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीले खेल उल्टाएको थियो । जितसँगै चेल्सी चौथो स्थानमा रहेको चेल्सीले २० खेलबाट ३५ अंक बनाएको छ ।

यसअघि २४ अंक बनाएको आर्सनल १२औं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १८ खेलबाट ५२ अंक छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ४२ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप