सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

४ दिनयता सुनको मूल्य स्थिर, चाँदीको घटबढ

सोमबार, १४ पुस २०७६, ११ : १७
सोमबार, १४ पुस २०७६

काठमाडौँ । चार दिनयता नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।   शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ । 

यता चाँदीको मूल्य भने घटबड भइरहेको छ । शुक्रबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ८८५ रुपैयाँमा कारोबार भयो ।

यस्तै सोमबार फेरि ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

महासंघका अनुसार सुनको मूल्य यो हालसम्मकै उच्च हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप