सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मच्छिन्द्रको कठिन जित

सोमबार, १४ पुस २०७६, १४ : ३६
सोमबार, १४ पुस २०७६

काठमाडौं । विदेशी खेलाडी एडिलाजा सोमिडेले खेलको अन्तिममा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा कठिन जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा सोमबार भएको खेलमा मछिन्द्रले एनआरटी क्लबलाई १–० गोलले हरायो । मच्छिन्द्रको जितमा एडिलाजा सोमिडेले ९० औं मिनेटमा निर्णायक गोल गरे ।

एडिलाजाले हेड गोल गर्दै मच्छिन्द्रलाई जिताएका थिए । मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा मच्छिन्द्रको यो तेस्रो जित हो । जितसँगै मच्छिन्द्रले नौ अंक बनाएको छ । अघिल्लो बर्षको लिगका मच्छिन्द्र १३ औं स्थानमा रहेकोले उसको एक अंक घटाइएको छ । यद्यपि यस लिगका मच्छिन्द्रले चार खेलमा तीन जित र एक बराबरी खेलेको छ । लिगमा दोस्रो हार खेपेको एनआरटीले समान खेलबाट चार अंक बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप