एनसीसीको रंगेली शाखा संचालनमा
सोमबार, १४ पुस २०७६, १८ : ५१
मोरङ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले मोरङको रंगेली नगरपालिका वडा नं. ७ मा आफ्नो १२१ औँ शाखा संचालनमा ल्याएको छ ।
रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।