भारतले सन् २०२६ मा जर्मनी र सन् २०३४ मा जापानीलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण
एजेन्सी । भारतले सन् २०२६मा जर्मनीलाई उछिनेर चौथो ठूलो अर्थतन्त्र बन्न सक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
संयुक्त अधिराज्यस्थित ‘सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च(सीईबीआर)’को पछिल्लो रिपोर्टमा यो तथ्याङ्क उल्लेख छ ।
रिपोर्टका अनुसार सन् २०३४ सम्ममा भारतले जापानलाई समेत पछाडि पार्नेछ र अमरिका, चीनपछि तेस्रो अर्थतन्त्र हुनेछ ।
सीईबीआरले भारतको कुल ग्राहस्थ उत्पादन सन् २०२६ सम्म ५० खर्ब डलर पुग्ने बताएको छ । मोदी सरकारले पहिलेदेखि यो लक्ष सन् २०२४ मै प्राप्त गर्ने बताइरहेको छ ।
‘वल्र्ड इकोनोमिक लीग टेबल २०२०’ शिर्षक रिपोर्ट अनुसार भारत सन् २०१९ मा फ्रान्स र बेलायतलाई पछि पारेर पाँचौं ठूलो अर्थव्यवस्था बन्यो ।
संस्थाका अनुसार आगामी १५ वर्ष भारत, जापान र जर्मनीबीच को तेस्रो तेस्रो ठूलो अर्थतन्त्र बन्ने भन्ने कुरामा तीव्र प्रतिस्पर्धा हुनेछ । तथापि पछिल्लो समय भारतीय अर्थतन्त्रमा छाएको निराशाको वातावरणले भारतको लागि यो प्रतिष्पर्धा कठिन हुने देखिन्छ ।
हालै रिजर्व बैंकका पूर्व गर्भनर सी रंगाराजनले ‘वर्तमान विकास दरको हिसाबमा भारत सन् २०२४–२५मा ५० खर्ब डलरको अर्थतन्त्र बन्न गा¥हो हुने बताएका थिए ।