प्रदेश नम्बर ५ प्रदेशसभा बैठक माघ ५ का लागि आह्वान
मङ्गलबार, १५ पुस २०७६, १५ : २५
बुटवल । पाँच नम्बर प्रदेशसभाको अधिवेशन माघ ५ गते लागि आह्रान गरिएको छ ।
मुख्यमन्त्रीको सिफारिसमा माघ ६ गते दिउँसो १ बजेका लागि बैठक आह्रान गरिएको प्रदेश प्रमूखको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्रान गरेको निमित्त सचिव चिरञ्जिवी पौडेलद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।