सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकार अधिनायकवादी दिशामा दुई कदम अघि बढ्योः विश्वप्रकाश

मङ्गलबार, १५ पुस २०७६, १७ : ०८
मङ्गलबार, १५ पुस २०७६

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार अधिनायकवादी दिशामा दुई कदम अघि बढेको बताएका छन् । 

काँग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट सूचना प्रविधि विधेयक पारित हुनुले सरकार अधिनायकवादी निशामा दुई कदम अघि बढेको प्रवक्ता शर्माको भनाइ छ ।

‘नेपाली कांग्रेसको प्रष्ट विमतिका बीच संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सरकारको अधिनायकवादी आकांक्षालाई पुष्टि मात्रै गरेको छैन, विधेयक मार्फत् त्यो दिशामा सरकार दुई कदम अघि बढेको छ’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत् सरकारले नागरिकको ‘फोन ट्यापीङ’ समेत गर्न सक्ने अधिकार लिन चाहेर संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार समेत हनन गर्ने दुस्साहस गरिरहेको छ ।’

सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म अनुरुप हुन नसक्ने प्रवक्ता शर्माको तर्क छ । 
‘सामाजिक संञ्जालको प्रयोगलाई कसरी समाजोपयोगी बनाउन सकिन्छ भनेर छलफल, बहस गर्न सकिन्छ तर कठोर प्रावधानको बाटोबाट राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयकलाई समर्थन गर्न सकिन्न’, शर्माले भने । 

 विधेयकमा उल्लेख भए अनुरुप सामाजिक संञ्जालहरु दर्ता हुन आएनन् भने के सरकार फेसवुक, ट्वीटर र इन्स्टाग्राम जस्ता लोकप्रिय माध्यम बन्द गर्न चाहन्छ ? भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले हरेक नागरिकले सरकारलाई यो प्रश्न समयमै गर्नु पर्ने आवश्यकता रहेको बताए । 
शर्माले विधेयकविरुद्ध संसददेखि सडकसम्म संघर्ष गर्ने पनि बताए । 
यस्तै काँग्रेसले तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुको आन्दोलनप्रति समर्थन जनाउँदै तिनलाई रकम भुक्तानी तत्काल दिलाउने प्रभावकारी पहलका लागि सरकार समक्ष माग गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप