सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्रिगेडका सयौं खेल सुखद

मङ्गलबार, १५ पुस २०७६, १८ : २८
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । ब्रिगेडले यस खेलसँगै लिगमा सय खेलको आँकडा पनि पार गरेको छ ।

ब्रिगेड २०६१ सालमा ‘ए’ डिभिजनमा उक्लिएको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १–० गोलले हरायो । ब्रिगेडको जितमा विजय गुरुङले निर्णायक गोल गरे । १७ औं मिनेटमा विजयले डिबक्स बाहिबाट हानेको सट शेर्पाका रक्षकलाई ठोकिएर गोल भएको थियो ।

खेलको अन्तिममा शेर्पा १० खेलाडीमा सिमित बनेको थियो । शेर्पाका निरज बस्नेत दोहोरो पहेँलो (राते) कार्ड पाउँदै बाहिरिएका थिए । जितसँगै ब्रिगेडले चार खेलमा ६ अंक जोडेको छ । ब्रिगेड छैटौं स्थानमा छ । २ अंक बनाएको शेर्पा ११औं स्थानमा छ । ब्रिगेडका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप