एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेधारामा
मङ्गलबार, १५ पुस २०७६, १८ : ४२
काठमाडौं– ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित नर्सरी चोक शाखाको पूर्व सांसद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीबाट आज एक समारोहका बीच उद््घाटन सु–सम्पन्न भयो ।
उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।