सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम : आज हिमपात र हल्का वर्षाको सम्भावना

बुधबार, १६ पुस २०७६, ०६ : ३६
बुधबार, १६ पुस २०७६

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

महाशाखाले जारी गरेको सूचनाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का र मध्यम खालको हिमपात हुनेछ भने पहाड र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । 

नेपालमा यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकाले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ । 

यसैगरी, राति देशभर सामान्य बदली हुनेछ । रातको समयमा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुनसक्ने र तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप