सन्दर्भ : टोपी दिवस
‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’
बुधबार, १६ पुस २०७६, १० : ३२
काठमाडौँ । ‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ नारासहित आज टोपी दिवस मनाइएको छ ।
राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिबस मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज जागरुक युवा अभियान नेपाल लगायतका विभिन्न संघ संस्थाले प्रभातफेरी निकालेका छन् ।
बुधबार बिहान काठमाडौंको माइतिघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी टोपी दिवस मनाइएको छ ।