आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले पुनः आणविक मिसाइल परिक्षण सुचारु गर्न सक्ने किम जोङको संकेत

बुधबार, १६ पुस २०७६, १२ : ५६
बुधबार, १६ पुस २०७६

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उनले आणविक परिक्षण र लामो दुरीको मिसाइल परीक्षणमा गरिएको स्थगनलाई अन्त्य गर्न लागेको बताएका छन् । अमेरिकासँग सम्बन्ध सहजीकरण गर्न विगतमा यी परीक्षण स्थगन गरिएको थियो । 

किम जोङ–उनलेले आफ्नो देशले चाडैं ‘एक नयाँ रणनीतिक हतियार’ ल्याउने पनि बताए । तर उनले सम्वादको लागि ढोका खुल्ला रहेको भन्न छुटाएनन् । साथै किमले भावि कोरियाली परिक्षणको स्तर अमेरिकाको ‘व्यवहारमा’मा निर्भर रहने बताए । 

प्योङयाङले उसका आणविक कार्यक्रम पूर्ण रुपमा परित्याग नगरेसम्म वाशिङ्टनले उत्तर कोरियामाथिको प्रतिबन्ध नहटाउने अडान लिएपछि विगत केही समयदेखि वाशिन्टन र प्योङयाङबीचको प्रगति रोकिएको छ । 
उत्तर कोरियाले सन् २०१९को पछिल्लो भागमा कयैन साना हतियारको परीक्षण सञ्चालन गरिरहेको थियो । तिनलाई अमेरिकामाथि दवाव प्रयासको रुपमा हेरिएको थियो ।  तर वाशिङ्टनसँगले वार्तालाई सहजीकरण गर्नको लागि उत्तर कोरियाले एकतर्फी रुपमा आणविक तथा अन्तर–महादेशीय ब्यालेष्टिक मिसाइल्स(आईसीबीएम) को परीक्षण गरेको थियो । 

प्योङयाङले सन् २०१७ देखि यस्तो परिक्षण संचालन गरेको छैन । जनवरी १ बाट सुरु चार दिने वर्कस पार्टीको वैठकमा किमले उत्तर कोरिया स्वघोषित स्थगनमा कायम रहिरहनुपर्ने बाध्यतामा नरहेको बताएका थिए । 
अमेरिकाले दक्षिण कोरियाँसँग संयुक्त सैन्य अभ्यास जारी राखेको र प्रतिबन्ध थप बढाएको अवस्थामा नयाँ मार्ग लिने किमले बताए । 

‘यस्तो अवस्थामा हामीहरु मात्र एकतर्फी रुपमा आफ्नो वाचामा प्रतिबद्ध हुनुपर्ने भन्ने हुँदैन’ किमको भनाई उदृत गदै उत्तर कोरियाली सरकारी एजेन्सी केसीएनएले लेखेको छ ।  किमले ‘निकट भविष्यमा’ विश्वले ‘एक नयाँ रणनीतिक हतियार देख्ने’ पनि बताएका छन् । 

किमको टिप्पणीको जवाफमा ट्रम्पले किमसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उत्तर कोरियाली नेता आणविक र लामो दुरीको मिसाइल परिक्षणबाट पर रहने आशा गरेका छन् ।  ट्रम्प प्रशासनमा विदेश मामिला हेर्ने सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले पनि उत्तर कोरियाले युद्ध नभएर शान्ती रोज्ने आशा व्यक्त गरे । 

फक्स न्युजसँगको कुराकानीमा पोम्पेओले भने ,‘ अध्यक्ष किमले सही निर्णय लिन्छन् । उनले द्वन्द र युद्धभन्दा शान्ति र समृद्धि रोज्नेछन् भन्नेमा हामी आशावादी छौं ।’ यसअघि उत्तर कोरियाले आफूहरुमाथिको प्रतिबन्ध फुकुवा नगरे अमेरिकालाई ‘क्रिसमसको उपहार’ दिने धम्की दिएको थियो ।  तर वाशिङ्टन भने कुनै पनि प्रतिबन्ध हटाउनको लागि उत्तर कोरियाले सम्पूर्ण आणविक कार्यक्रम परित्याग गर्नुपर्ने अडानमा कायम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप