मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फोटो स्टुडियोमा बन्छ नक्कली स्मार्ट लाइसेन्स, गिरोह समातियो

बुधबार, १६ पुस २०७६, १७ : १८
बुधबार, १६ पुस २०७६

काठमाडौं । काठमाडौमा नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह फेला परेको छ । प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोहका ६ जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । 

महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको टोलीले काठमाडौको न्युरोडमा रहेको फोटो कन्र्सनमा स्माट लाइसेन्स बनाउने गरेको थाहा पाएपछि संलग्नहरुलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा सर्लाही लालवन्दीका दिपक ब्लोन, सर्लाही हरिवनकै शुभाष भन्ने बुद्धी बहादुर रोक्का, काठमाडौ चुच्चेपाटी बस्ने अनन्ता गुरुङ,  बारा जितपुर घर भएका अशोक कार्की, सिराहा सुखिपुर घर भइ हाल कोटेश्वर बस्ने मोहन यादब  र काठमाडौ लाजिम्पाटका  कुमार तण्डुकार रहेका छन् । तण्डुकार कन्सर्न फोटो स्टुडियोका सञ्चालक हुन् । प्रहरीले नक्कली लाइसेन्स ३० हजारमा किनवेच हुने गरेको समेत पत्ता लगाएको छ । 
काठमाडौको न्युरोडमा रहेको फोटो कन्र्सन प्रा.लिबाट नक्कली स्मार्ट लाईसेन्स बनाई लिने गरेको र फोटो कन्सर्न प्रा.लि. ले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको पाएपछि स्टुडियो सञ्चालकसहितलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख शहकुल थापाले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकाहरुबाट दिपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, अन्य बिभिन्न ब्यक्तिहरुका सवारी चालक अनुमति पत्र ४ थान र नागरिकताका प्रमाणपत्रहरु समेत बरामद गरेको छ ।  

त्यस्तै उनीहरुको साथमा भारत सरकारको आधार कार्ड समेत फेला परेको छ । ‘फोटो कन्सर्न प्रा.लि. न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाँक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट,कम्प्युटको सिपियु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत फेला पारेको छ । 

 पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौ पठाइएको महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप