मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दम्पत्तीको हत्या गर्ने अभियुक्त पक्राउ

बुधबार, १६ पुस २०७६, १८ : २१
बुधबार, १६ पुस २०७६

काठमाडौं । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्ने २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
    
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका २५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका ७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका १० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् । 

    २०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका २५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो । 

    घटनामा प्रयोग भएको हतियार सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको उक्त व्यूरोले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप