आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा मलाइकाले गरिन् अर्जुनलाई चुम्बन, सोसल मिडिया प्रयोगकर्ताले यतिसम्म भने

बिहीबार, १७ पुस २०७६, ०७ : ५१
बिहीबार, १७ पुस २०७६

नयाँ वर्ष २०२० को मौकामा मलाइका अरोडाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ । मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस...२०२०’ । फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओए, होए...२०२० सुरु भइसक्यो ।’ यस्तै अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘सरको उमेर ३४ र म्यामको ४६... ग्रेट कम्बिनेसन ।’

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘बुढेसकालको लाठी’ । एक प्रयोगकर्ताले लेखे, ‘अलिकति लाज राख मलाइका’ । त्यस्तै अर्का एकले कमेन्ट गरे, ‘आमा–छोराको प्रेम...वर्षौं वर्षसम्म बाँच ।’

मलाइका र अर्जुन लामो समयदेखि सम्बन्धका कारण चर्चामा छन् । यी दुईलाई पार्टी र मस्ती गरिरहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप