सुनचाँदीको मूल्य स्थिर
बिहीबार, १७ पुस २०७६, १२ : ३३
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यस्तै चाँदी बिहीबार ८९० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।