सर्वोत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल पुरस्कृत
बिहीबार, १७ पुस २०७६, १३ : ५९
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ ।
बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक खनाललाई पुरस्कृत गरेको हो ।
मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको गृहमन्त्रालयले जनाएको छ ।