मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्यूरोको प्रहरी भन्दै धम्क्याउँदै हिँड्ने २ जना पक्राउ

बिहीबार, १७ पुस २०७६, १४ : १५
बिहीबार, १७ पुस २०७६

काठमाडौं। ‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् । उनीहरु कागेश्वरी नगरपालिका-७ मुलपानी थापागाउँबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप