आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीमा अतिक्रमणबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बिहीबार, १७ पुस २०७६, १४ : ४५
बिहीबार, १७ पुस २०७६

काठमाडौं । सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी सरिता प्रसाईको समर्थनमा प्रस्ताव दर्ता भएको हो । 

प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्याउन भूमिका खेल्न सरकारलाई आग्रह गरिएको छ ।प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छलफलमा भाग लिँदै सीमा समस्या समाधान गर्न पहल गरिरहेको भन्दै छिट्टै वार्ता गरेर टुंगोमा पुग्ने बताए ।

त्यसपछि राष्ट्रियसभा बैठकले सर्वसम्मत स्वीकृत गर्दै सरकारलाई कार्यान्वयनको पहल गर्न निर्देशन दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप