सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा जीप खस्यो :  ४ जनाको  मृत्यु, एक बेपत्ता

बिहीबार, १७ पुस २०७६, १५ : ३४
बिहीबार, १७ पुस २०७६

काठमाडौँ । बाजुरामा बिहीबार दिउँसाे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । 

हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ जाँदै गरेको से१ज १०६४ नम्बरको जीप हिमाली गाउँपालिकाकै कालागड भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो । 

दुर्घटनाममा पवन भण्डारी, रमेश शाही र चालक दिनेश कुमार घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तै एक जनाको सनाखत हुन बाँकी रहेको छ । यसैगरी १३ वर्षीया सुशील बिक कर्णालीमा बेपत्ता भएकी छिन् । 

प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भएको छ । प्रहरीले ९ यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको बस घुम्तीबाट कर्णालीमा खस्न पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप