सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदीय दलका उपनेतालाई काँग्रेसले दियो किसानको पैसा तिर्न निर्देशन

बिहीबार, १७ पुस २०७६, १८ : ०७
बिहीबार, १७ पुस २०७६

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ का संसदीय दलका उपनेता वीरेन्द कनोडियालाई उखु किसानको बक्यौता भूक्तानी गर्न निर्देशन दिएको छ । 

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैकठले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भूक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएको यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए ।  कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन् । 

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताए । 
केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने उनले बताए । 

बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए । उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताए । 

पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गरे । 

सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको छ । बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरुको भने सहभागिता थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप