सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य अहिलेसम्मकै उच्च

शुक्रबार, १८ पुस २०७६, ११ : ३८
शुक्रबार, १८ पुस २०७६

सुनको भाउ फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शुक्रबारमात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो । 

बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप